काला – कोला टिकटक क्विन प्रतियोगिता सम्पन्न

रोज शिप विकास तालिम केन्द्रको आयोजनामा काला–कोला टिकटक क्वीन प्रतियोगिता सम्पन्न भएको छ । बिगत १२ बर्ष देखि नेपालमा नै सौन्दर्य सामाग्रीहरु उत्पादन गरि बिक्रि वितरण गर्दै आएको काला–कोला कम्पनीले आफ्नो ब्यापार प्रबर्धन तथा सौन्दर्यकर्मीहरुलाई प्रोत्साहन गर्नको लागि काला–कोला टिकटक क्वीन प्रतियोगिता आयोजना गरेको कम्पनीका अध्यक्ष चेतन गोयलले बताएका छन् ।

काला(कोला टिकटक क्विन प्रतियोगितामा संचारकर्मी तथा निर्देशक सुर्य चन्द, काला–कोला कम्पनीको ब्राण्ड एम्बेस्डर परिशी काररंजित, गायिका तथा संचारकर्मी सरिता भारती, काला–कोला कम्पनीको मार्केटिङ म्यानेजर मनिस कुमार रौनियार रहेका थिए भने प्रतियोगीहरुमा फेसन डिजाइनर काजल शर्मा, सौन्दर्यकर्मीहरु रिना अवाले, नविना अधिकारि, सरु जोशी, लिना डंगोल, दुर्गा श्रेष्ठ, गङ्गा केसी, प्रतिभा शाही, मिना लामा, कबिता लामा, सहन्सिला शाक्य, सरिता मानन्धर, निलम तामाङ, निर्मला सिंह, दिभ्या सैजु, कन्चन श्रेष्ठ, उषा गुरुङ, जया थापा, बिना राना मगर, अनिशा श्रेष्ठ, रिना लामा, अन्जली दुला, मिना पौडेल, सबिना शाही र रुपा गर्तौला लगायतका सौन्दर्यकर्मीहरु रहेका थिए ।

भबिस्यमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने र सौन्दर्य ब्यबसाय गर्नेहरु संग अन्तरक्रिया कार्यक्रम गर्दै जाने तथा सौन्दर्यका सामाग्रीहरुलाई पनि अझ ब्यापक परिमार्जन गर्दै लैजाने कुरा कम्पनीका मार्केटिङ म्यानेजर मनिस कुमार रौनियारले बताएका छन् ।