रिमाको सञ्जालमा आक्रोश, ‘अपराध गर्ने स–सम्मान छुटे’

अभिनेत्री रिमा विश्वकर्मा पछिल्लो समय देशका विषयमा चिन्तित बनेकी छन् । उनले महिलालाई मार्ने मान्छे स–सम्मान रिहा हुनु र महिलामाथी एसिड खन्याउने जस्ता कार्य भएको भन्दै उनी आक्रोशित बनेकी छन् । अस्तिका दिनमात्र श्रीमतीको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाएका डिआजी रञ्जन कोइराला जेलबाट ससम्मान बाहिर निस्किए । जघन्य अपराज गरेको मान्छे कम सजाय भोगेर बाहिर निस्कीएकोमा भन्दै उनले आपत्ती जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत महिला माथी हत्या हिंसा गरेका अपराधीहरु समातिएका छैनन् र जति समातिएका छन् उनीहरु स–सम्मान छुटेको बताएकी छन् । नेपालमा पछिल्लो समय घटेका विषयमा उनले यस पटक खुलेर बोलेकी छन् । उनले महिला माथि हत्या हिंसा र अपराध भई रहँदा मौन बस्ने महिलाबादी, संस्कृतिबादी र राष्ट्रवादीहरु चाही महिलाको देखिएको ‘ढाड’ र फरक तीजका गतिको शैलीको बहसमा लागेको भन्दै आक्रोश पोखेकी छन् ।

उनी भन्छिन,’ काठमाडौंमा हिजो एउटा युवती माथी ऐसिड खनाईयो, निर्मला पन्तका हत्यारा जस्तै अरू थुप्रै हत्या र हिँसा गरेका अपराधीहरू समातिएका छैनन्। समातिएकाहरू स–सम्मान छुट्छन। महिला माथी हत्या हिँसा र अपराध भई रहँदा मौन बस्ने महिलावादी, संस्कृतिवादी र राष्ट्रवादीहरू चाही महिलाको देखिएको ढाड र फरक तीजका गीतको विषयमा बहसमा जुटेका छन्। ’ उनले अगाडी लेखेकी छन्,‘जन्मकैद भोग्नु पर्ने श्रीमतीको हत्यारा श्रीमान् रंन्जित कोइराला ८ बर्ष सजाय भोगेर निर्दोष भएको जसरी हात हल्लाउदै छुटे । गीता ढकालका हत्यारा छुटे ।’