अदालतसम्म किन पुग्यो साम्राज्ञी–भूवन विवाद ?


फेसबुक र इन्स्टाग्रामबाट सुरु भएको थियो, अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद । ड्रिम्स फिल्ममा जुस खान नपाएको र छाता ओड्न नपाएको भनेर सुरु भएको विवाद इन्स्टाग्रा, फेसबुक भएर अब पुगेको छ अदालत ।

निर्देशक भूवनले अदालतमा इज्जतमा दाग लागेको भनेर साम्राज्ञीविरुद्ध मुद्दा हालेका छन् । उनले, बिहिबार गएर अदालतमा मुद्दा हालेपछि अब यो केस अदालतले फैसला गर्नेछ ।

कलाकार संघलाई न्याय पाउ भनेर दिएको मुद्दा अदालतसम्म पुग्नु त सुखद कुरा होइन । हरेक नागरिकले आफूलाई अन्याय भएपछि अदालतमा पुगेर न्याय खोज्न पाउँछ । भूवन केसीले पनि यही सोचेर न्याय खोज्न अदालत पुगेका होलान् ।
तर, एकजना निर्देशक र आफैले निर्देशन गरेको फिल्मबाट जन्माएकी अभिनेत्रीको आरोप र प्रत्यारोप अदालतसम्म पुग्नु हुन्थ्यो त ?

भूवन केसी र साम्राज्ञी राज्यलक्ष्मीको बिषयमा उनीहरुका वरिपरीमा मानिसहरु पनि बढी चलखेल गरे । कलाकार संघले पनि न्याय दिन सकेन । कलाकार संघले दुबै जनालाई राखेर निर्णय गरेको भए पनि यो मुद्दा अदालत पुग्ने थिएन । तर, यसमा कलाकार संघ चुकेको छ ।

भूवन केसीले अदालतमा मुद्दा दर्ता गर्दा इज्जतमा दाग लगाएको, मानहानी गरेको भनेर उजुरी दिएका छन् । साम्राज्ञीले बोलेका कुनै कुनै शब्दले आफ्नो करिअरमा दाग लागेको भनेर भूवनले उजुरी दिएका छन् ।

अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद अदालतसम्म पुग्नुपर्ने थिएन, तर पुगेको छ । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको मुद्दा अदालतमा चलिरहेको छ । लक डाउनले फिल्मीकर्मीलाई कहाँ कहाँसम्म लैजाने हो खोई ?