जोखिम मोल्दै धमाधम म्युजिक भिडियोको सुटिङ

सरकारले लकडाउन खुकुलो पारेसँगै गायक गायिकाहरु गीत रेकर्डिङका साथै म्युजिक भिडियोहरु धमाधम सुटिङ भइरहेको छ । आधुनिक गीत लगायत तीजको गीत पनि धमाधम रेकर्डिङ र भिडियो सुटिङ गरिरहेका छन् । सरकारले सुटिङ गर्न त के मान्छे भेला हुन पनि अनुमती दिएको छैन । तर मोडल तथा निर्देशक म्युजिक भिडियो निर्माण गरिरहेका गरिरहेका छन् । पछिल्लो दिनमा तीजका दिनहुँ जसो पन्द्र बिस वटा गीतका म्युजिक भिडियो युट्युवबाट सार्वजनिक गरिरहेका छन् । तीज गीत मात्र नभएर आधुनिक पप गीत पनि उतिकै मात्रामा सार्वजनिक भइरहेको छ ।

कोरोनाको कुनै डर भन्दा पनि कहरमा काम गरिरहनु परेको म्युजिक भिडियो निर्देशक सान थापा बताउँछन् । उनले भने, ‘मैले लकडाउन पछि थोरै मात्र म्युजिक भिडियो तयार बनाएको छु । तर एकदमै सावधानीका साथ ।’ सुटिङका समयमा निर्देशक हुन् कि कलाकार सावाधानीका साथ काम गर्छु भने पनि एकअर्कामा भेट भइहाल्छ नै । जतिसुकै सावधानी अपनाए पनि भिडभाड भएसी कोरोनाको जोखिम त अत्यन्तै हुन्छ नै । तर कलाकारहरु जोखिम मोलेर भएपनि गीतका सुटिङ कार्यलाई भने निरन्तरता दिइरहेका छन् । कोरोनाको अति जोखिममा पनि कलाकार सुटिङमा जान छोडेका छैनन् भने लकडाउनको समयमा पनि क्यामरा अगाडी कम्मर मर्काइरहेका छन् ।

आधुनिक गीतमा थोरै कलाकारले अभिनय गर्ने भएपनि त्यसका पछाडी काम गर्ने धेरै टेक्निसियन हुन्छन् । कम्तिमा १०,१५ जनाको भिडमा गीतका सुटिङ भइरहेका हुन्छन् । जोखिमका बाबजुद पनि गीतको सुटिङ गर्नुपर्ने बाध्यता आइपरेको भिडियो निर्देशक शिव बिकले बताए । उनी अरु बेला जस्तै यतिखेर पनि ब्यस्त निर्देशकका रुपमा काम गरिरहेका छन् । उनी भन्छन्,‘डराइ डराइ घरमा बसेर के गर्नु , गुजरा त चलाउनै पर्यो । काम नगरीकन कसरी भात खानु । यहाँ रोगले भन्दा पनि भोकले मरिएला जस्तो भएपछि सुटिङ गर्नु परेको हो ।’
उनले लकडाउन खुकुलो भएसँगै आधा दर्जन जति गीतको भिडियो तयार पारिसकेका छन् । उनी भन्छन् ,‘सावधानिकासाथ काम गरिरहेका छौँ । स्यानिटाइजर, माक्स लगातका सामानहरु सुटिङ स्पोर्टमा लाने गरेका छौँ । कोरोनाको डर त लाग्छ नि तर के गर्नु काम पनि त गर्ने परिहाल्यो । ’

पछिल्लो समय दर्जनौ गीतका भिडियोहरु युट्युवमा रिलिज भइरहेका छन् । त्यस्तै अर्का निर्देशक सरोज ओेलीको भनाई पनि अरुको भन्दा फरक छैन । तर उनी आफुहरुले भिडियो बनाउँदा थोरै मान्छे जम्मा भएर निर्माण गरेको तर्क गर्छन् । उनले भने,‘हामीले स्यानिटाइजर लगायत अलग अलग तरिकाले बसेर भिडियो निर्माण गरेका हौँ ।’ हुन त सुटिङ भनेपछि सुटिङ स्थलका मान्छेहरु जम्मा नहुने त कुरै हुँदैन । अझ चलेका कलाकारहरु आएका छन् भने सेल्फि खिँच्ने फ्यानको त घुँइचो नै लाग्ने गरेको छ ।  यस्तो अवस्थामा आफुले सावधानी अपनाएको निर्देशकहरुको तर्क आउने गरेको छ । निर्देशक सरोज ओल्ी सुटिङका समयमा सुटिङ स्थल वरपर कसैलाई पनि आउन नदिएको बताउँछन् ।
सरोजले भने, ‘सुटिङ स्थलमा पनि हामीले सबैलाई अलग अगल राखेर नै नचाएका छौँ । सुटिङ स्थलमा कसैलाई पनि खाना खुवाउने गरेनौँ । बाहिरबाट सुटिङ हेर्नलाई पनि हामीले दिएनौँ । किनभने जोखिम बढि हुनाले आएका धेरैलाई छायाँङ्कन स्थलबाट नै फर्काइदिएका छौ ।’
सरोजले यसै साता नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘मायालु तिमी कता छौँ ’ बोलको गीत भाग दुइ रिलिज गरेका छन् ।

मोडल तथा निर्देशक दुर्गेश थापाले लकडाउन खुकुलो भए यता आधा दर्जन भन्दा बढि म्युजिक भिडियो तयार बनाइसके । उनले आफ्नै दुइवटा तीजका गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । उनले सार्वजनिक गरेका गीतमा पनि नाच्नेहरु जम्बो टोली नै रहेको छ । यो हेर्दा लकडाउनकै अगाडीको झल्को दिने खाल्का नै रहेका छन् । मोडल तथा गायक दुर्गेश पनि सावधानिक अपनाउदै म्युजिक भिडियो बनाएको बताउँछन् । हालै गायिका सुनिता दुलाले नयाँ गीतको सुटिङ गरेकी छन् । उनका गीतमा नाच्ने हेर्यो भने त्रास कसैमा देखिदैन । उनका दीलिप रायमाझी र नम्रता सापकोटाको अभिनय गरेका छन् गीतको शिब बिकको निर्देशन गरेका छन् । जसका सामाजिक दुरी कायम कसैले गरेको देखिएका छैनन् ।