परमिताको कहाँली लाग्दो रात ‘जब उनी सवार गाडीले मान्छे हान्यो’

गत बर्ष मंसिर २८ गते बुढानीलकण्ठ ५ मा बा१४च ६१२३ नम्बरको कार दुर्घटनामा पर्यो । उक्त दुर्घनाबाट पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्युको ज्यान गयो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक पृथ्वी मल्लले जथाभावी गाडी चलाएका कारण बाटोको साइडमा लगेर नै पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटना भएको कारमा चालक मल्ल मात्र थिएनन् । उनी सवार कारमा अभिनेत्री नायिका परमिता राणा, करिश मास्के र एलिना थापा पनि थिए । त्यो दुर्घटना भएपछि आत्तिएकी परमिता हत्त न पत्त डरले घर पुगिन् ।  दुर्घटना भएको लामै समयसम्म गुपचुप रहेकी परमिताको मनले चुप लागेर बस्नै दिएन । उनको चौतफी आलोचना हुन थाले पछि सामाजिक सञ्जाल मार्फत माफी मागेकी थिइन ।

त्यो परमिताको कहाँली लाग्दो रात

अभिनेत्री परमिताका अनुसरा उनको त्यो दिन अभिनेत्री परमिताको कहाली लाग्दो दिन थियो । ठमेलबाट बुढानिलकण्ठ गइरहेको गाडीले निर्दोस मान्छे मरेपछि उनले त्यसलाई आफ्नो कमजोरी भएको बताएकी थिइन । उनले त्यो बेला फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छन्, ‘चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको छ । म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस्, तर म पनि कारभित्रको एक यात्रु थिएँ ।’

निकै समय आफु नबोल्नुलाई पनि उनले माफी मागेकी थिइन । परमिताले यस घटनालाई बताउन ढिला गरेको भन्खै सबैसामु माफी मागेकी थिइन् । उनल सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् , ‘मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले धरै आघात पु¥याएको छ । यो घटनाले मेरो जीवन नै पूर्णतः परिवर्तन गरिदिएको छ ।’

उनले त्यो कहाली लाग्दो दुर्घटनामा आफ्नो बुवालाई पनि सम्झिएकी थिइन् । अभिनेत्री परमिताल थप लेखेकी छन् , ‘मैले पनि दुई वर्षको हुँदा बुबालाई कार दुर्घटनामा गुमाएकी थिएँ, त्यसयता म पनि बुबा पीडा र क्रोधका साथ बाँचिरहेको छु’, राणाले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई चिन्नेलाई थाहा छ कि म किरालाई पनि चोट पु¥याउन सक्दिनँ । म दयालुपन नै दुनियाँमा सबैभन्दा ठूलो कुरा हो भनेर हुर्किएकी हुँ ।’

कार दुर्घटना गराएका चालक पृथ्वी मल्ल हिजो डिल्लीबजार कारागारमा ५ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका छन् । चालक मल्लले ५ लाख धरौटी बुझाइसकेको भन्दै थुनामुक्त गर्न अदालतले पत्र पठाएको थियो ।

Today, I have finally collected all the courage I have left inside me and have decided to tell you all what exactly had…

Gepostet von Paramita RL Rana am Dienstag, 7. Januar 2020