राजेश हमालले भने ,‘दीपाश्रीलाई माफ गरिदिनुस् ’

अभिनेता राजेश हमालले मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैमा अनुरोध गरेका छन् ।
उनले अहिले विभिन्न अवस्थाले देश गुग्रिरहेको अवस्थामा आरोप पत्यारोपमा लाग्नु भन्दा पनि सकारात्मक हिसावले अगाडी बढ्नुपर्ने बताएका छन् ।  हमालले सबैलाई आग्रह गर्दै भने, ‘यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।

हालै सहकर्मी म जस्तै कलाकारले मलाई लक्षित गरेर केहि भनाइहरु र केहि कुराहरु राख्नुभयो । त्यो भनाई र कुराहरु सुनिसकेपछि दर्शकहरुले तथा जनसमुदायहरुले असन्तुष्टि मात्र व्यत्त गर्नुभएन आक्रोश पनि पोख्नुभयो र पोखिरहनुभएको छ । यो मलाई लाग्छ २,३ हप्ता भइसकेको छ ।’

दीपाश्रीले राजेश हमाल महानायक होइन भन्ने प्रतिक्रियाले फिल्मी बजार तथा सामाजिक सञ्जाल तातिरहेको बेला यो बादविवाद साम्य पार्नका लागि हमालले आफ्नो प्रतिक्रिया दिएका हुन् । अभिनेता हमालले घुमाउरो पारामा भने, ‘ सिनेक्षेत्रमा संलग्न रहदै आएको छु । दर्शकहरुले दिदै आइरहेको सल्लाह सुझाव ‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो । भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’

हमालले दर्शक र कलाकार नङ र मासुको सम्बन्ध रहेको बताए । उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’

हमालले भने–‘यो कला क्षेत्र हामी कोहीको मात्र पनि होइन, दर्शकको पनि हो । मैदानमा हामी उत्रन्छौ, हामी मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुन्छ । तपाइहरुको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ ।’ उनले दर्शकमाझ कलाको लागि सकारात्मक भएर सम्बन्धित व्यतिलाई क्षमा दिन आग्रह गरेका छन् । कलाकारलाई कला पस्किने प्रेरित गरिदिन र सकारात्मक प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् ।

मेरो अनुरोध..,

Gepostet von Rajesh Hamal am Dienstag, 14. Juli 2020