‘वरिष्ठ बलराम’ बनाउँदै सुरेन्द्र

सुरेन्द्र पौडेलले चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशनको घोषणा गरेका छन् ।  पौडेलले सोमबार फिल्मको लोगोसहित केही जानकारीसमेत  सरस्वती पूजाको अवसरमा सार्वजनिक गरेका हुन् ।

 फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । फागुन पहिलो सातादेखि छायाङ्कन गर्ने जनाइएको छ ।

२०८२ सालमा  प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा दयाहाङ राई र विजय बराल मात्र फाइनल छन् । केही दिनमा सार्वजनिक हुने टिजरमार्फत थप कलाकार सार्वजनिक गर्ने टिमको तयारी छ ।

सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मको छायाङ्कन तराईका लोकेसनमा गरिने  छ । ‘वरिष्ठ बलराम’लाई वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्ने जनाइएको छ ।