७ महिनामा १ अर्ब माथिको व्यापार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_GgqHsoaBsd_oouukbv7cfjpxp6x1iydyc9xgnjvg4qob8qvj6b6uae1zagdiwvrcurp61vh_Y0osJs8v95_marctdbhdjjheoxh4hzyjonktlyl7mryonvvqerqxchfa62tybxnwocsr5v8.jpg)
नेपाली फिल्मको बक्स अफिस असोज र कात्तिक महिनामा आक्रामक देखियो । नेपाली फिल्मले नयाँ नयाँ रेकर्डहरु बनाए । यो बर्ष सकिन अझै ५ महिना बाँकी छ । तर, फिल्महरूको व्यापारले ७ महिनामै नयाँ नयाँ रेकर्ड बनिसकेका छन् ।
यो बर्ष संभवत नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाई हुने बर्षको रुपमा चिनिनेछ । यो बर्षको ७ महिनामै नेपाली फिल्मले १ अर्ब भन्दा माथिको व्यापार गरिसकेका छन् ।
निर्माताले दिएको व्यापारिक आँकडालाई मान्ने हो भने, असोज र कात्तिक महिनामा रिलिजमा आएका फिल्मको व्यापार नै ८० करोडको हारहारीमा छ ।
असोजको ३ गतेबाट रिलिजमा आएको फिल्म ‘खुस्मा’ले साढे ४ करोड हारहारीको ग्रस कलेक्शन गर्यो । असोजको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले साढे २ करोड हारहारीको व्यापार गर्यो ।
दशैंमा रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ५’ले २० करोड, ‘१२ गाउँ’ले २५ करोड ५० लाख, ‘ज्वाइँ साब’ साढे ३ करोड कमाइ गरे । तिहारमा रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले २५ करोड माथिको व्यापार गरिसकेको छ । यो फिल्मले बक्स अफिसमा अझै १० करोड माथिको कमाई गर्ने प्रक्षेपण गर्न सकिन्छ ।
यसरीहेर्दा, नेपाली फिल्मले असोज र कात्तिक महिनामा मात्र ८० करोड माथिको व्यापार गरिसकेको छ । ‘ह्रस्व दीर्घ’ले पनि भोलिबाट सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
यसअघि वैशाखदेखि भदौसम्म रिलिजमा आएका फिल्मको आँकडा हेर्ने हो भने पनि सुखद छ । वैशाखमा रिलिजमा आएको ‘बोक्सीको घर’ले १० करोडको व्यापार गर्यो ।
यी बाहेक ‘डिग्री माइला, मनसरा, पुजार सार्की, फर्की फर्की, गाउँ आएको बाटो, घर ज्वाइँ, रावायण, साम्बला’ लगायतको फिल्मको व्यापारलाई जोड्ने हो भने २० करोड भन्दा माथि छ । यसैले, ७ महिनामा नेपाली फिल्मले १ अर्ब भन्दा माथिको व्यापार गरेका छन् । यो नेपाली फिल्मका लागि खुशीको कुरा हो ।
रिलिजमा आउन लागेका फिल्महरूको लाइनअप पनि निकै राम्रो देखिएला यो बर्ष डेढ अर्ब भन्दा माथिको व्यापार नेपाली फिल्मले गर्ने देखिन्छ ।
![‘मायाबी’ मेरो सपना होः दीपिका प्रसाँई](https://snowberry.prixacdn.net/media/gallery_folder/deepika%2520prasain_SwM0YyEs3y_4swkkblmsispfrhvzoexxtfoo77mk0tbj6p8rhpkyydv4szkbdg75qk0wmmn_pWUHvivtVe_opnoi2btc0cblbtkgyizyhu453zvnuajcje0vubdzqxwzgvjvbz9kkikgyn9.jpg)
‘मायाबी’ मेरो सपना होः दीपिका प्रसाँई
![पूर्व मिस नेपाल निकिता प्रहरीको भूमिकामा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajaganj_poster_XKP8xHy7dH_mlugxdlas5pq1mctex9avcgeo3x6wrkcaugrgmgjlhq4t8b17neimow9jbby_XeJF9iOzAg_mmarwhlbnqjelrlihn5muwfbahv0rz0go9dr7xaut58owhcmhrojidcygrka.jpg)
पूर्व मिस नेपाल निकिता प्रहरीको भूमिकामा
![तुलसीले सुरु गरे ‘पहाड’को छायांकन](https://snowberry.prixacdn.net/media/gallery_folder/pahad%2520movie_0WbJ0KtWY0_fernqqiska44ijkapso2qbefioigttpgptvlflyn22esccnyd0b192utcvdu_FgkCarDXFC_snqh5pkuis3hwc4763ra8wbcnkkf1swgo63ezqyfmgcohbk77ofmptq0z5bw.jpg)
तुलसीले सुरु गरे ‘पहाड’को छायांकन
![‘ताण्डवम्’को ‘ए सानु’ गीत रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/tandavam_9nnm7ZjeqP_g9nxtfttnylrdkbvi7qlt15nlyks3t1eo0ex4ilucpa5mt6zoqnhwogv3jy4_NlK29sYLS0_hqlczm08hdecrk6jk27sxvarmsaeyisgwa4qechchgtsfwxb1hgd9gktbmvl.jpg)
‘ताण्डवम्’को ‘ए सानु’ गीत रिलिज
![‘रंगी’को शिर्ष गीतः सलोनकी श्रीमती मलिका](https://snowberry.prixacdn.net/media/gallery_folder/salon%2520and%2520malika_lPbsSdKj2B_pbg7fkupv3ynn4j20pwaq4zfvlahncwgeyyjwsybor0sujuw234ldirij4wh_s3vv3SjtLb_1frrvfpwkjz8hedoxamyryj2h3vksa0gvlm9gvonem34avqkhfssog3vytpk.jpg)
‘रंगी’को शिर्ष गीतः सलोनकी श्रीमती मलिका
![प्रदीप खड्काः फिल्मका लागि लागिपर्ने एक नायक](https://snowberry.prixacdn.net/media/gallery_folder/pradeep%2520khadka_2zpaYVMdrj_0bh9mcoc5dir3wo1ofz5b20nxjuclcy4uzv2aurjawesyepzvoupfajudj0z_aH9CYcuXyN_qrrfwfrzbnq80fsrbe64ml9gfjcmfv6aqc04rkvndl5hp1zduvtaovvyzgm1.jpg)
प्रदीप खड्काः फिल्मका लागि लागिपर्ने एक नायक
![‘जुनाः एक व्यथा’को रत्यौली गीत रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/juna%2520song_bNWGAu5Wic_bekrjraon9ffzzyfp1j7ze6rifkya0rhtbar5t0tewlxhfybydnroatqxdrv_dErWYZeYC6_vewbca746huxv9fvjsbjoydtsdwhiad54pu2s6tptblsuda6hnpfsubfx1ax.jpg)
‘जुनाः एक व्यथा’को रत्यौली गीत रिलिज
![‘वरिष्ठ बलराम’ बनाउँदै सुरेन्द्र](https://snowberry.prixacdn.net/media/gallery_folder/surendra_poudel_IKejYEeQrE_esopjomhs7fujrkhkezrrztrlkxl2rxaagaapginepku5dadhaua1kv37pol_7eiLQIE1UM_nqibd6h3vf0yamgc3bn6upyrq1avdzyajr2kkdeljtk62t4v67hfao5wjfib.jpg)
प्रतिक्रिया