तुलसीले सुरु गरे ‘पहाड’को छायांकन

फिल्म ‘पहाड’को छायांकन सुरु गरिएको छ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन गोरखाबाट सुरु गरिएको हो ।
आज बिहान गोरखा दरबारमा पुजा गरेपछि मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यू नायिका पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले निम्त्याएको आर्थिक र सामाजिक समस्याको कथालाई यो फिल्मले उठान गर्नेछ ।
फिल्मबारे निर्देशक घिमिरेले भने–‘मानव बसोबासविहिन बनेको उच्च पहाडको कथा समेटिएको छ । फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ ।
फिल्मको बिषय अनुसार हामीले कलाकार चयन गरेका छौं । नयाँदेखि पुराना पुस्तासम्मलाई समेट काम गर्न पाउँदा निकै खुशी छु ।’
ओजस्वी केसी निर्माता रहेको यो फिल्ममा प्रमोद प्रधानको छायांकन रहनेछ । प्रमोदले निर्देशक घिमिरेसँग ‘अन्याय, कोसेली, चिनो र दक्षिणा’मा सहकार्य गरेका छन् ।
यो फिल्मको छायांकन गोरखामा २५ दिन र भारतमा १५ दिन हुनेछ । भाग्य रत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको यो फिल्ममा विपिन कार्की, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय छ ।
रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको फिल्मले दर्शकको माया पाउने विश्वास गरिएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया