प्राविधिकसँग भनाभन भएपछि स्टेज छाडेर हिडिन् एलिना

गायिका एलिना चौहानको एक सांगीतिक कार्यक्रमका क्रममा साउण्ड प्राविधिकसँग भनाभन भएको छ । साउण्ड नमिलेपछि एलिना र प्राविधिकबीच भनाभन भएको हो । सामाजिक संजालमा भाइरल भइरहेको भिडियो पर्वतको हो । पर्वतमा जारी ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’मा गीत गाउन पुगेकी एलिना र साउण्ड प्राविधिकबीच भनाभन भएको हो । 

यसपछि, एलिनाको प्रस्तुति सकिएको कार्यक्रम संचालकले जानकारी गराएका थिए । सार्वजनिक भिडियोमा दर्शकहरुले होहल्ला गरेको पनि देख्न सकिन्छ ।

एलिनाले साउण्ड मिलाइदिन आग्रह गर्दा प्राविधिकले ‘भोकललाई क्लिएर गरेर हामीसँग लेबल माग्नु’ भनेका छन् । यसपछि, एलिनाले जवाफ फकाउँदै भनेकी छिन्–‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है  बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

एलिनासँग भनाभन गर्दा प्राविधिकले भनेका छन्–‘तपाइले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ एलिनाले प्राविधिकबाट रुख बोली आएपछि आयोजकसँग पनि चर्को स्वर गरेकी छिन् । दर्शकले भने एलिनाकै पक्षमा हुटिङ गरिरहेको देख्न सकिन्छ । 

भनाभन भएपछि भने एलिना त्यहाँबाट हिँडेकी थिइन् । एलिना र प्राविधिकबीच भनाभन भएपछि गाउने वातावरण नबनेको प्रष्ट देखिन्छ ।