के विपिन र वर्षाले एक अर्कालाई फिल्ममा सिफारिश गर्छन् ?

नायक विपिन कार्की र नायिका वर्षा राउतको जोडी नेपाली फिल्म क्षेत्रमा चर्चामा छ । यो जोडीले एकसाथ ६ वटा फिल्ममा काम गरिसकेको छ । हाल, यो जोडीले फिल्म ‘महाजात्रा’मा काम गरिरहेको छ । यसपछि, यी दुईले फिल्म ‘तेल भिसा’मा काम गर्दैछन् । 

विपिन र वर्षालाई निरन्तर रुपमा फिल्ममा जोडी बनाएर काम गराउन मेकर पनि उत्साहित छन् । 

के वर्षा र विपिनले एक अर्कालाई फिल्ममा सिफारिस गर्छन् ? मेरो फिल्मको प्रश्नमा विपिनले भने–‘वर्षाको अहिले माग नै उच्च छ । वर्षा कसैले न थाहा पाएको नायिका पनि होइन । यसैले, मैले भन्नै पर्दैन । सबैले वर्षा छन् त यसमा भन्नुहुन्छ ।’

विपिनले आफूलाई वर्षासँग आफ्नो जोडी फापेको पनि बताए । भने–‘हाम्रो जोडी फापेर नै यहाँसम्म आएको त हो । अझै, हामी निरन्तर काम गर्छौ ।’
यता, नायिका वर्षा राउतले पनि विपिन कार्कीलाई मेकरले नै खोज्ने बताइन् ।

भनिन्–‘मैले विपिन नै राख्नुपर्छ भन्न नै पर्दैन नी । तर, विपिन र मेरो जोडीको ट्युनिङ मिलेको छ । कतिपय मेकरले त मलाई तपाइले भनेपछि विपिनजीले मान्नुहुन्छ होला, भन्दिनु पर्यो पनि भन्नुहुन्छ । जे भएपनि हामीले दर्शकको माया पाएका छौँ । खुशी लागेको छ ।’ 

वर्षा र विपिनको जोडी ‘जात्रा’बाट सुरु भएको थियो । यसपछि, उनीहरूले ‘जात्रै जात्रा, गोपि, के घर के डेरा, महाजात्रा’मा काम गरिसकेका छन् ।