सरकारको नीतिः नेपालमा विदेशी फिल्म छायांकनलाई आकर्षित गरिने

नेपाल सरकारले हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्मको छायांकनका लागि आकर्षित गर्ने नीति लिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउँदो आर्थिक बर्षबाट फिल्म पर्यटन प्रवर्द्धनका लागि हलिउड तथा बलिउड फिल्म छायांकनका लागि आकर्षित गर्ने उल्लेख गरिएको छ । 

अघिल्लो बर्ष पनि सरकारले बजेटमा यो विषयलाई उल्लेख गरेको थियो । तर, नेपाललाई छायांकनस्थलको रुपमा विकास गर्ने कुरा बजेटमा मात्र सीमित रहेको छ । विदेशी फिल्म मेकरहरुले अनुदान र सहुलियत पनि खोजिरहेका छन् ।

यही कुरामा अप्ठ्यारो पर्दा नेपालकै सेट लगाएर विदेशी भूमिमा फिल्मको छायांकन भएको खबर पनि सार्वजनिक भएको थियो ।