साहरुखको ‘जवान’का लागि नेपाली वितरकले खर्चिए ४ करोड


सेप्टेम्बर ७ तारिखबाट रिलिजमा आउन लागेको बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘जवान’का लागि नेपाली वितरकले महंगो रकम खर्चिएका छन् । यो फिल्मलाई एप्पलले नेपाल भित्राउने पक्का भएको छ । यो फिल्मका लागि वितरकले २ करोड ५० लाख भारु अर्थात ४ करोड नेपाली रुपैयाँ खर्च गरेका छन् ।
 
नेपालमा पछिल्लो समय भारतीय फिल्महरु महंगो बन्दै गैरहेको अवस्थामा साहरुखको ‘जवान’का लागि वितरकले महंगो रकम खर्चिएका छन् । 

यतिमात्र होइन, एप्पलले नै नायक प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘सलार’ पनि नेपाल भित्राउने पक्का भएको छ । यो फिल्मका लागि २ करोड ७५ लाख भारु खर्च गरिएको छ । दुई फिल्मका लागि ८ करोड भन्दा बढी खर्च गरेको एप्पलले यसपटक क्यूएफएक्स लगायतका हलमा यी दुबै फिल्मको शोजमा एकलौटी गर्ने संकेत देखिएको छ । 

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको फिल्म ‘जवान’मा साहरुखको साथमा नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय छ ।