‘प्रसाद २’को ‘क्रान्ती’ सार्वजनिक


रिलिज भएको तेश्रो दिनमा फिल्म ‘प्रसाद २’को ‘क्रान्ती’ बोलको गीत सार्वजनिक भएको छ । सुभषा थापाको प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । यो गीतले बिद्रोहको कुरा गर्छ । यो गीतले फिल्मप्रति दर्शकको आशा अझै बढाउने निश्चित छ । 

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । 

राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको यो गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । सुशिल पौडेलले फिल्मको कथा लेखेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । 

सुदर्शन बस्नेतको लगानीमा तयार भएको फिल्मले शुक्रबारदेखि नै औषत व्यापार गरिरहेको छ । तर, फिल्मको वर्ड अफ माउथ भने बलियो छ । फिल्मलाई प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । ‘प्रसाद’ फिल्मको सिक्वेलको रुपमा तयार भएको फिल्मलाई सुदर्शनले समाजमा देखिएको जातिय विभेदमाथि निर्माण गरेका छन् ।