के ‘ए मेरो हजुर ४’मा अनमोलको उत्कृष्ट अभिनय छ ?

नायक अनमोल केसीले एकपछि अर्को फिल्ममा आफ्नो अभिनय सुधारिरहेका छन् । तर, उनलाई यतिले मात्र पर्याप्त हुने देखिदैन । किनकी, अनमोल केसीबाट दर्शकले अपेक्षा धेरै गरेका छन् । अनमोल पनि यो कुरा स्विकार गर्छन् ।

अनमोलले अभिनय गरेकोे आठौ फिल्म ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्मको २ वटा गीत सार्वजनिक भएपनि दुबै गीतले सोचेजस्तो प्रतिक्रिया पाएनन् । यसैले, अब सबैकोे ध्यान फिल्मको ट्रेलरमा छ ।

फिल्मको निर्माणपक्षले ‘ए मेरो हजुर ४’मा अनमोल केसीले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको चर्चा पनि गर्ने गरेको छ । नायक अनमोल केसी पनि आफूले हरेक फिल्ममा अभिनयमा सुधार गर्दै लगेको बताउँछन् । अनमोलले भने–‘मैले पनि हरेक फिल्ममा मिहिनेत गरिरहेको छु । दर्शकको अपेक्षा अनुसार उत्रिनको लागि यो फिल्ममा पनि मैले सकेको कोशीश गरेको छु । दर्शकको प्रतिक्रियाको व्यग्र प्रतिक्षा छ ।’

झरना थापा निर्देशित फिल्मको छायांकनका लागि सुहाना थापासहितको टिम बंगलादेशमा छ । तर, नायक अनमोल केसीको दृश्य नभएकाले उनी भने नेपालमै छन् ।