निशान र ऋचाको डिभोर्स

गायक निशान भट्टराईको पत्नी ऋचा न्यौपानेसँग डिभोर्स भएको छ । उनीहरुको चैत्र ७ गते डिभोर्स भएको हो । काभ्रे जिल्ला अदालतका न्यायधीस विश्वनाथ भट्टराईको इजलासले उनीहरुबिच सम्बन्ध विच्छेद भएको फैसला गरेको हो ।
सम्बन्ध विच्छेदका लागि दुबै जनाले मिलापत्र गरेका थिए । ऋचाले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
निशान र ऋचाले तीन बर्ष अगाडि अदालतमै बिबाह गरेका थिए । दुई बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बैबाहिक जीवनमा परिणत गरेका थिए । तर, उनीहरुको बैबाहिक सम्बन्ध ३ बर्ष पनि टिक्न सकेन ।
‘नेपाल आइडलको सिजन १’ मा फस्ट रनरअप भएपछि निशानको चर्चा चुलिएको हो । उनले, थुप्रै लोकप्रिय गीतहरू गाएका छन् ।
केही दिन अगाडि मात्र गायक राजेश पायल राइको पनि डिभोर्स भएको थियो । राजेश पायलले पनि २ बर्ष अगाडि मात्र बिहे गरेका थिए ।

‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

‘सारंग’ मेरो करिअरको दोस्रो इनिङः ऋचा शर्मा

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर

प्रतिक्रिया