“गुलाबी उमेर पढ्दा आफ्नै कथामा फिल्म हेरे जस्तो लाग्यो” – वर्षा सिवाकोटी

लकडाउनमा अभिनेत्री वर्षा सिवाकोटीले अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ पढेकी छिन् । उनले ३ दिन लगाएर पुस्तक पढेपछि फेसबुकमा पुस्तक पढ्दाको आफ्नो अनुभब लेखेकी छिन् ।

उनि लेख्छिन् – “३ दिन सम्म आफ्नै कथामा आधारित चलचित्र हेरे जस्तो महसुस भयो … सम्झिन मन नलाग्ने बिगतका ति पल हरु अरु ले भनिदिदा मिठो लागेर आयो … बितिसकेको गुलाबि उमेर , फेरि जिउन मन लागेर आयो !”  उनले पुस्तक पढेर सकाउदा आफुप्रति अझ धेरै माया पलाएर आएको लेखेकी छिन् ।

३ दिन सम्म आफ्नै कथा मा आधारित चलचित्र हेरे जस्तो महसुस भयो … सम्झिन मन नलाग्ने बिगतका ति पल हरु अरु ले भनिदिदा मिठो…

Gepostet von Barsha Siwakoti am Sonntag, 12. April 2020

केहि दिन अघि उनले पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाको पुस्तक ‘बिकमिंग’ पढेर त्यस बारे पनि आफ्नो धारणाहरु लेखेकी थिइन् । साहित्यकार अमर न्यौपानेका ‘सेतो धरती’, ‘करोडौ कस्तुरी’ र ‘पानिको घाम’ पुस्तक पनि चर्चित छन् ।

 

यो पनि पढ्नुहोस् : 

क्वारेन्टाइनमा वर्षालाई मिशेल ओबामाको प्रेरणा