पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म [email protected] मा इमेल गरेर कथा पठाउन सकिनेछ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
प्रेस विज्ञप्ति
कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रुपमा पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ ।
आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य रहेको यस प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले भदौ ३१ गते एक पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा सम्पूर्ण प्रतियोगीहरूले २०८० असोज ३० गतेसम्म ज्ञद्दप्जबचष्दययपक२नmबष्।िअयm मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।
डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहमा सशक्त समीक्षक प्रा. डा. सावित्री कक्षपति रहनुभएको छ भने सदस्यमा सशक्त कथाकार श्री महेशविक्रम शाह र युवा पाठकका प्रिय लेखक श्री सुविन भट्टराई हुनुहुन्छ ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
उत्कृष्ट कथासंग्रहको पुस्तकमा प्रतियोगिताबाट प्राप्त २५ कथाका साथै स्थापित कथाकारहरूबाट प्राप्त पाँच कथाहरू पनि समावेश गरिनेछ ।
यस वर्ष बाह्रखरी उत्कृष्ट कथा–२०८० कथासंग्रहको पुस्तकमा आफ्नो नयाँ रचना दिनका लागि श्री भाउपन्थी, श्री भागिरथी श्रेष्ठ, श्री सीता पाण्डे, डा. राजेन्द्र विमल तथा श्री गणेश रसिकले सहमति जनाउनुभएको छ ।
गत वर्ष यस प्रतियोगितामा संसारभरबाट ५९६ कथाहरू प्राप्त भएको थियो ।
कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८०’ को लोकार्पण पनि गरिनेछ ।
डिश होम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो ।
त्यसैगरी, प्रतियोगितको दोस्रो संस्करणमा लाहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।
चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय र रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रह पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ ।
बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिश होम (डिश मिडिया नेटवर्क लि)ले गर्दै आएको छ ।
यस वर्षको एसोसिएट पार्टनर नेपाल टेलिकम रहेको छ भने प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ । यस प्रतियोगिताका अन्य सहयोगी संस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल आयल निगम लिमिटेड रहेका छन् ।
सर्त तथा नियम
– रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइने छैन ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
– ‘डिसहोम बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
– कथा पठाउनका लागि इमेल– [email protected]

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

प्रतिक्रिया