मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ।
मदन पुरस्कार गुठीले पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सार्वजनिक सरोकारका लागि सूची सार्वजनिक गरेको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थांग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ समावेश छन् । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछन्।
‘इजोरिया’ परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई मुख्य विषय बनाइएको यस उपन्यास तराई मधेशको परिवेशमा लेखिएको छ ।
‘ऐँठन’ भने दुई दशक अघिको जनयुद्धलाई केन्द्रीय विषय बनाइएको उपन्यास हो । जनयुद्धको परिवेशमा आञ्चलिक भाषामा ओझाले पश्चिम नेपालको कथा भनेका छन् ।
त्यस्तै २०५२ देखि २०५५ सम्म जलस्रोत मन्त्रालयको सचिव रहेका ढुंगेल चर्चित महाकाली सन्धिको मस्यौदा तयार पार्ने देखि सन्धिमा हस्ताक्षर हुँदासम्म भारतसँग भएका द्विपक्षीय संवादका एक प्रमुख सरकारी कर्मचारी थिए । ढुंगेलको यो संस्मरणात्मक कृति हो ।
यस्तै, थांग्रा’ उपन्यासमा भने दुई छोरी हुँदाहुँदै एक प्रसिद्ध लेखकले छोराको खोजीमा दोस्रो विवाह गर्न खोजेको विषयलाई मूल कथा बनाइएको छ ।
‘माटाका घर’ भने दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिहरूलाई मुख्य विषय बनाएर लेखिएको आख्यान हो । यस पुस्तकमा लेखक स्वयंका आफ्नै संघर्षका कथाहरू पनि समावेश छन् ।

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

प्रतिक्रिया