विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"
विशेष शोमा फिल्म सतीदेवीलाई मन पराइएको छ । मल्लिका महतको मुख्य अभिनय र लक्ष्मण सुबेदीको लेखन निर्देशन रहेको फिल्मलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । कतिपयले लक्ष्मणलाई रि-रिलिजको सुझाव दिएका छन् त धेरैले च्यारिटी मार्फत देशै भरी पुर्याउन सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष,वरिष्ठ पत्रकार हरिहर विरही फिल्मलाई लिएर भन्छन्,"फिल्म मनोरञ्जनको साधन मात्रै होइन । यो समाज सन्सार र आफूलाई पनि चिन्ने साधन हो । यही कुरालाई प्रभावकारी र जीवन्त ढङ्गले फिल्ममा देखाइएको रहेछ । निर्देशक लक्ष्मणजी र अन्य कलाकारलाई बधाई दिन चाहन्छु । फिल्ममा संलग्न व्यक्तिहरूको भविष्य उज्ज्वल देखिरहेको छु । समाजको कटु सत्यलाई मर्मस्पर्शी ढङ्गले उद्घाटित गरेको छ । फिल्म जीवन्त छ । "
त्यस्तै कलाकार तथा निर्देशक दीपाश्री निरौला भन्छिन्,"मैले पहिला पनि हेरेको थिए । सन्देश राम्रो छ यो फिल्मको । मर्मस्पर्शी छ साथै लक्ष्मण जीको निर्देशन राम्रो छ । फिल्मको सुरुवातमा गलत सन्देश पो दिँदै छ कि भन्ने लाग्छ । तर फिल्म अघि बढ्दै जाँदा छोरीलाई शिक्षा दिनु पर्छ भन्ने सन्देश राम्रो छ । लक्ष्मण जी ले दोस्रो पटक रिलिज गर्ने चाहना राख्दै गर्दा हामी सबैले साथ दिनु पर्छ । फिल्ममा भएको पाठ जुन छ त्यो सबैले भन्न र बुझ्न जरुरी छ । एक महिला भएको हैसियतले हेर्दा धेरै भावुक बनिन्छ फिल्ममा । "
निर्देशक मिलन चाम्स लक्ष्मणको यस्तो फिल्म देखेर चकित भए,"सन्देश मूलक फिल्म हेर्न पाइयो निर्देशक ज्युलाई धन्यवाद । फिल्म समाजको ऐना पनि हो जुन फिल्ममा उठान गरिएको छ । अहिले पनि समाजमा भेटिने पात्र र घटना लाई भिज्युवल माध्यमबाट उठाउँदा अझ प्रभावकारी भएको छ । कलाकारको अभिनयले भावुक बनाउँछ । मल्लिका महतको अभिनय खास छ । समग्रमा फिल्म राम्रो बनेको छ । यस्ता फिल्म बन्नु राम्रो हो र यस्ता फिल्मलाई बने सरकारले पनि सम्मान दिनु पर्ने हो । यस्तो कथावस्तुमा जो कसैले बनाउने आट गर्दैन । अझ लक्ष्मण जी जस्तो रमाइलो मान्छेले यस्तो मार्मिक फिल्म कसरी बनाउलान् भन्ने लाग्छ ।"
फिल्म एन्जिलाका निर्माता प्रेम कुमार श्रेष्ठलाई पनि फिल्म मन पर्यो । उनी भन्छन्,"मलाई एकदम राम्रो लाग्यो । कन्टेन्ट अनुसार फिल्ममा उठाइएका कुरा खास छन् । अभिनय र निर्देशनले उठाइएको विशयवस्तुलाई न्याय गरेको छ । सत्य घटना जसरी लक्ष्मण जी ले उठाउनु भएको विषय राम्रो छ । त्यसमा दुई जना बालकालकारको अभिनय अब्बल छ ।
त्यस्तै गायिका रानु निरौलालाई फिल्म आफ्नै कथामा बनेजस्तो लाग्यो । उनकै शब्दमा,"आज फिल्म सतीदेवी हेरियो । यो फिल्ममा आबद्ध हुने सबैलाई बधाई भन्न चाहे । विपन्न वर्गको कथामा बनेको फिल्म राम्रो छ । विपन्नता हर कोही नेपाली भोगेकोमा घर मुलीकै अवस्था तल पर्दा परिवारमा कस्तो अवस्था आउँछ भनेर कथाले स्पष्ट देखाएको छ । छोरी मात्रै भएको घरको समाजमा अवस्था फिल्ममा छ । इन्टर्भल पछि म पनि रोए । मेरो आफ्नै जीवन सँग पनि मिल्न गयो । "
त्यस्तै निर्माता शरण थापा भन्छन्,"फिल्ममा समाजमा भएको छोरा र छोरी प्रतिको धारणा स्पष्ट रूपमा देखाइएको छ । यो फिल्म फिल्म मात्रै लाग्दैन सत्य लागेर रुन पर्ने अवस्था ल्याउँछ । हास खेल रमाइलो गर्ने लक्ष्मणजी ले यतिको फिल्म बनाउनु हुन्छ भन्ने लागेको थिएन । देशै भर च्यारीटी शो गर्दै स्कुल कलेजमा प्रदर्शन गर्नुपर्ने फिल्म पाए मैले । कतै खोट लाउने ठाउँ नै छैन । "
कलाकार तथा निर्देशक दीपक आचार्य काकुले नेपाली समाजमा विद्यमान लैङ्गिक विभेदको कथा उठान गरिएको फिल्ममा सबै कलाकारको अभिनय अब्बल रहेको बताए ।
त्यस्तै सङ्गीतकार चेतन सापकोटा भन्छन्,"नेपाली समाजमा आज पनि छोरीहरू सतीदेवी बनेर आगोमा पिल्सिन बाध्य छन् । गणतन्त्र पछि पनि छोरीहरूले छोरा समान अधिकार पाएका छैनन् भन्ने सन्देश फिल्मले दिएको छ । फिल्म राम्रो छ । "
नेपाल तरुण दलका महामन्त्री युवा नेता भूपेन्द्र जङ्ग शाहीले लामो समय पछि फिल्म हेरेका रहेछन् । उनी भन्छन्,"धेरै पछि हेरेको यो फिल्मले नेपाली फिल्म जगतमा ठुलो परिवर्तन आएको पाए। लक्ष्मण जी लगायत टिमलाई बधाई छ । समाजमा नेपाली नारीले भोगेको कथा सचित्र फिल्ममा देखाइएको छ । सन्देश सङै कथा भन्ने तरिका पनि फिल्मको राम्रो छ । यो फिल्मलाई सहर र हल केन्द्रित भन्दा पनि गाउँ गाउँ सम्म पुर्याउन जरुरी छ ।"
यसका साथै वरिष्ठ पत्रकार जगत नेपाल,लेखक तथा वरिष्ठ पत्रकार मन ऋषि धिताल, तुला अधिकारी,नेपाल समाचार पत्र दैनिकका सम्पादक सागर पण्डित,नेपाल प्रेस डट कममा सम्पादक चिरञ्जीवी पौडेल,विकास न्युजका सम्पादक रामकृष्ण पौडेल, शिला पत्रका सम्पादक जनक नेपाल, निर्देशक यादव भट्टराई, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी,सम्पादक,डकुमेन्ट्री मेकर मानबहादुर थापा,निर्देशक डा. कपिल रिजाल,पत्रकार मनिराज गुरुङ,नेपाल पत्रकार महासङ्घका पूर्व सचिव प्रकाश थापा, अभिनेता,निर्माता सुमन गिरी भान्जा,लगायतले फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिँदै पुन यस प्रकारको विषयवस्तुको फिल्मलाई राज्यले देशको गाउँशहर मात्र हैन विश्वको कुना कुनामा पुर्याउन पहल गर्नु पर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया