जल शाहकी छोरीले गरिन् ५५ विद्यार्थीलाई सहयोग
नायिका जल शाहकी छोरी कलशले काभ्रेको चौंरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लत्ताकपडा, शैक्षिक सामाग्री, स्यानिटिरी प्याड, हर्लिक्ससहितका खाद्य सामाग्री वितरण गरेकी छिन् ।
साथै, उनले दुई जना विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वार्षिक शुल्कस्वरुप जनही ३५ हजारका दरले ७० हजार पनि प्रदान गरिन् । उनले ५५ विद्यार्थीलाई सहयोग गरेकी छिन् । सानैदेखि सामाजिक सेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेसन’ सुरु गर्दै विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन् ।
कलशले सहयोग सामाग्री हस्तान्तरण गर्दै भनिन्–‘विद्यार्थीहरुलाई भेटेर सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु ।’
नायिका जल शाहले पनि छोरीको समाजसेवाप्रति आफूलाई गर्व लागेको बताइन् । छोरीको यो इच्छालाई पूर्ण रुपमा साथ दिने उनको भनाई ।
जल शाह लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनकी छोरी कलशले आफ्नो पकेट मनिबाट बचाएर विद्यार्थीहरूलाई रकम र विभिन्न सामाग्री हस्तान्तरण गरेकी हुन् ।
प्रतिक्रिया