‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई

क्लासिक डाइमण्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमेन्ड’को पाँचौ सिजनको विजेता घोषणा गरिएको छ । ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमण्ड २०२४’ विजेता घोषित भएकी छिन् । 

फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक बर्षका लागि ‘क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर प्राप्त गरेकी छिन् । फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

क्लासिक डाइमन्डको ग्रान्ड फेसन र ज्वेलरी शो आगामी माघको ४ र ५ गते काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।