‘पिताम्बर’को टिजरमा एक्सनको धमाका, देखियो उच्च मेकिङ

मल्टिस्टारर फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक्सन प्रधान टिजर सार्वजनिक गरिएको हो ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष लगायतका कलाकारहरुको अभिनय छ ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्ममा विशाल चौलागाइको लगानी छ । पुरुषोत्तम प्रधान, आध्या लामिछाने, आरोह चौलागाई सह–निर्माता रहेको फिल्ममा सुमन गौतम कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको डीओपी, शेर बहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।
फिल्ममा आशिष अविरल, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । हिमाल केसीको एक्सन रहेको फिल्मको मेकिङ उच्च देखिएको छ ।
यो फिल्मको निर्माणका लागि ५ करोड माथिको बजेट लागेको बताइएको छ । नायक प्रदीप खड्कालाई दर्शकले चकलेटी अवतारमा रुचाइरहेको समयमा उनी एक्सनमा जोडिएका छन् ।
मल्टिस्टारर कलाकार भएका नाताले पनि यो फिल्मले चर्चा पाउने देखिन्छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया