विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि

‘मिस नेपाल पिस २०२४’ को उपाधि काभ्रेकी नर्स विधि लम्सालले जितेकी छिन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार आयोजित फिनालेमा उपाधिसँगै उत्कृष्ट व्यक्तित्वको सहविधा जित्दै उनले २३ नर्सिङ सुन्दरीलाई पछि पारेकी हुन् ।  

पदयात्रामा रुचि भएकी विधीले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बीएस्सी नर्सिङ अध्ययन गरेकी छन् । उपाधि जितेसँगै मिस ग्लोबलमा मुलुकको प्रतिनिधित्व गर्ने अवसर पाएकी उनले सकारात्मक ऊर्जासहित नर्सिङ पेशालाई अघि बढाउने सोचमा छिन् ।

त्यस्तै, फिनालेमा विधीसङै भक्तपुरकी अनिशा पराजुली फस्ट रनरअप र काठमाडौंकी पला रेग्मी सेकेन्ड रनरअप भए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा स्नातकोत्तर अध्ययनरत पराजुलीले बौद्धिक सुन्दरीको सहविधा जितिन् । 

त्यस्तै, विनायक कलेज अफ हेल्थ साइन्सबाट पीसीएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल प्राप्त गरेकी छिन् ।

फिनालेमा स्पेसल अवार्ड नर्स विथ प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किन सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बनेका हुन् ।