मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न

काठमाडौंसहित मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ। काठमाडौंसहित देशका भिविन्न शहरबाट दुईसय सुन्दरीले अडिसन दिएको निर्णयक मण्डलले जनाएको हो । 


यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा अडिसन भएको थियो । सधैंको वर्ष जस्तै यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । 


यसवर्ष मिस नेपाल आयोजनाको ३० औं वर्षगाँठ पनि मनाउने कार्यक्रम रहेको छ भने मिस नेपालको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ ।