नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Designer%2520Runway%25204_PTOL4uedmT_brwyxzswr1gyvjsopg8pydrrcn0boj4bhrpdv8sa754qrv2dqwqxfme4xj8p_cdUyhkc44Z_8wei07srdp59qi16wbxrqp1gcikjwbhpgobqomnhrlag1bx50udshr2gx7bv.jpg)
पाँचौं संस्करणको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन् । भक्तपुरमा शनिबार साँझ भएको प्रतियोगितामा उनले उक्त उपाधि जितेका हुन् । १४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको प्रतियोगितामा सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए । त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरे ।
प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए ।
डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलहरुले ¥याम्पमा प्रस्तुत गरेका थिए । प्रतियोगितामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए ।
फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रुपमा काम गरेका थिए ।
![‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई](https://snowberry.prixacdn.net/media/gallery_folder/face%2520of%2520diamond_Qw6Umaltvs_x4ehffivdenc0qjgtyytbvphepmghly8inzlcm0udjkopctwkql2mgqpvivl_YQnp73bTc2_3g8odqm9d0oyzrrjzucvhpwzypqymlsbisjtopoqfdvh8be6ychg8qnpzy5e.jpg)
‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु
![नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Sabi%2520Thapa%25204_5v5v9uzzUp_0p9oqszoafylkn5p99rl3xbefwzvqyquzopqj21ovz86k7rqvdyaqmb5ezbr_wDl2Lmmjkk_5vtiybm06jgxsfzbi6oqkyzbpybdqbovdspxbaxdp4j9ydpulin9gtu6xjo7.jpg)
नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड
![विवाहित महिलाहरुको ट्यालेन्ट सो](https://snowberry.prixacdn.net/media/gallery_folder/REE01793_yewd5ACYp4_awnmtf4llmb6zhthafb7xlpgdhwsevw01xgli4szmh9t46ii2obyjpifbfz0_VSrk8H1CS8_6iis1f13jkblk3i9f5lcmqbbjiegfqxafewi1nd1whkj7o3yx3cfpmpcto2y.jpg)
विवाहित महिलाहरुको ट्यालेन्ट सो
![सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/mr%2520nepal_8nJZuekhbo_ktmon4pg5okg13xxvghem8spkq8napdul3ikqdrjje0pxzjuurygcemt8klr_wW46h5j1zR_bkzb0bw8clmfb2vv5mcpj4gjouhnt98lcjnlqw2xfvs6yuzpnfxbz21uvmzy.jpg)
सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि
![‘ड्रेस टू इम्प्रेस’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_Y1Erb8JBrX_gc1boecahnigixcybbnbuldwaukhw5snhplltxunckvjklwaldulskqvnspb_Mnh8Tu1WpE_mmzox4s2vacuvbixtitovwahdkq0bh1exzfpzqusx2kyquohjmqlkegmkyx4.jpg)
‘ड्रेस टू इम्प्रेस’ सम्पन्न
![मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/miss_nepal_home_9c7oNxauTR_maxyqfletrzoedatj2vbnqfezburnerqakarh6zkuyn6de2uswa4hplmrkk7_wV1Ea747Wy_zkhc9bz5s8uxhi1hcw6jzrlwrzm3kvtappwkiozwmatsubxyb8p1xnnuooc9.jpg)
मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न
![विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/Miss-Nepal-Peace2024_5gWGJ9tPVs_qnddkugbwqfm9vausgpsk0lhd2uhm2brhdts4el59kziizjtolkq1mioihpm_ZksqojAKlA_6uk0kvggfefci3jvcow0rj2fhxzfy1zwxkm0owmikgvwbge7f0f23r3irdbl.jpg)
प्रतिक्रिया