हटाइयो कार्टुन क्रुको 'अन्तिम यात्रा'
डान्सर ग्रुप कार्टुन क्रूले निर्माण गरेको वेब–सिरिज ‘अन्तिम यात्रा : द लास्ट ट्रिप’लाई युट्युबबाट हटाइएको छ । छायाङ्कन भएको लोकेसनका व्यक्तिहरूको विरोधपछि भिडियो हटाइएको निर्माता सरोज अधिकारीले बताएका छन् ।
कार्टुन क्रूको युट्युब च्यानलबाट भिडियो सन्देश जारी गर्दै उनले सिरिजका कतिपय दृश्य र संवादले स्थानीयलाई पर्न गएको असर प्रति माफी मागेका छन् । अधिकारीका अनुसार काठमाडौँको एक कलेजमा छायाङ्कन गरिएको यो सिरिजका केही दृश्य र संवादप्रति कलेजले नै विरोध गरेको थियो । विवादित कुरा हटाएर केही दिनमा सिरिज पुनः दर्शकमाझ आउने जनाइएको छ ।
मुलुककै पहिलो जम्बी सिरिजको रूपमा चर्चा गरिएको सिरिजको पहिलो भाग गत शनिवार स्ट्रिमिङ भएको थियो ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया