बिना र प्रभात पाल फिचर्ड ‘अजम्बरी माया’

मोडल बिना राउत र प्रभात पाल ठकुरी फिचर्ड ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानोवादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको संगीतमा यो गीत तयार भएको हो । 

गत २० बर्षदेखि अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको आफ्नै शब्द र आवाज रहेको गीतमा रोशन थापाले संगीत संयोजन गरेका छन् । 

निर्देशन राजु भट्टको निर्देशन रहेको यो गीतको भिडियो सुन्दर छ । आफ्नै चिकित्सा पेशामा निकै व्यस्त हुँदाहुँदै पनि हरेक वर्ष नेपाल आउन नछुटाउने डा. पाण्डे बाल्यकालदेखि नै नेपाली संगीत र साहित्यमा गहिरो अभिरुचि र आफै कविता अनि गीतहरू लेखन गर्दै आएका छन्।

सार्वजनिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी,उमेश बहादुर शाहको छायाँकन,प्रेम लामाको डिओपि,टेकेन्द्र शाहको सम्पादन रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।