‘फर्की फर्की’मा सुहाएको अनमोल–जसिताको केमेष्ट्री

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ ट्रेलर रिलिजपछि सर्वाधिक चर्चामा छ । यो फिल्ममा नायक अनमोल केसी र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् । 

यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको छ । युट्युबमा फिल्मको ट्रेलरले रेकर्ड राखेपछि यसको निर्माणपक्ष अझै उत्साहित छ । 
यो फिल्मको प्रचारमा निस्किएका नायक अनमोल केसी र नायिका जसिता गुरुङ निकै नै उत्साहित देखिए । फिल्मको कथावस्तु निकै राम्रो बनेको र प्रस्तुति पनि उत्कृष्ट भएकाले दर्शकले मन पराउने विश्वास अनमोल र जसिताको छ । 



रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार भएको फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मलाई लिएर सुयोग पनि आत्मविश्वासी देखिएका छन् । 

दर्शकले अनमोल र जसिताको जोडीलाई पनि निकै रुचाएका छन् । अनमोल र जसिताको केमेष्ट्री सुहाएको भन्दै दर्शकले फिल्म हेर्नका लागि उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् । 

उसो त फिल्मी बजारमा अनमोल र जसिताको प्रेम चर्चाका गसिपहरु पनि बनिरहेका छन् । तर, यी दुईले आफूहरूलाई निकै मिल्ने साथीको रुपमा चित्रित गर्दै आएका छन् । 

तस्वीरः राज मल्ल