‘लण्डन टू पेरिस’मा रोमान्टिक देखिए निश्चल–साम्राज्ञी र कविर–गरिमा

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को नयाँ पोस्टरमा मुख्य ४ कलाकारहरूलाई समावेश गरिएको छ । फिल्मको दोस्रो पोस्टरमा मुख्य कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मालाई समावेश गरिएको छ ।

पोस्टरमा साम्राज्ञीसँग निश्चल र गरिमासँग कविर रोमान्टिक देखिएका छन् । नायिका गरिमा शर्माको  यो डेब्यू फिल्म हो । यसैले, उनका लागि यो  फिल्म महत्वपूर्ण देखिएको छ । 

फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धी लगायतका कलाकारको पनि अभिनय छ । ट्राभल लभ स्टोरीको कथामा तयार भएको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।

अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताको रुपमा छन् । एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । 

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लगनेश फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर, फिरोज खड्काको मुख्य सहायक निर्देशन छ । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले नेपालभर वितरण गर्नेछन् ।