अपेक्षित चलेन ‘डिग्री माइला’

यो बर्षको सुरुवात फिल्म ‘डिग्री माइला’ले बम्पर गर्ने अपेक्षा गरिएको थियो । फिल्मका निर्मातादेखि कलाकारसम्मलाई यो फिल्मबाट ठूलो आशा थियो । तर, प्रिमियरमा फिल्म हेरेका अधिकांश फिल्मीकर्मी र पत्रकार निराश भए । हलमा लागेपछि यो फिल्मले दर्शकको पनि बलियो वर्ड अफ माउथ पाउन सकेन । 

जसका कारण, फिल्म अपेक्षित रुपमा चल्न सकेको छैन । ‘कबड्डी ४’बाट ऐतिहासिक रेकर्ड बनाएका निर्देशक रामबाबु गुरुङ यसपटक चिप्लिए । विशेष गरि, फिल्मको दोस्रो हाफ निकै नै कमजोर बनाउँदा दर्शक निराश बनेका हुन् ।

निर्माणपक्षले फिल्मले पहिलो सातामा ५ करोड माथिको ग्रस कलेक्शन गरेको दाबी गरेको छ । अब, निर्माणपक्षको यो दाबी सही छ या छैन भन्ने हेर्नका लागि चलचित्र विकास बोर्डले नै बक्स अफिसको आँकडा सार्वजनिक गर्नुपर्ने हुन्छ । 

तर, दयाहाङ राई, आँचल शर्मा, विजय बराल, प्रकाश घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्मले दर्शकलाई खुशी बनाउन भने सकेन । 

यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण रिलिज अगाडि गरिएको थियो । तर, रिलिज भइसकेपछि भने बक्स अफिसमा यो फिल्म संघर्ष गरिरहेको छ ।