नयाँ फिल्मको तयारीमा अशोक शर्मा

फिल्म ‘रातो टीका निधारमा’पछि अशोक शर्माले नयाँ फिल्म निर्देशन गरेका छैनन् । बक्स अफिसमा यो फिल्म असफल भएपछि उनले नयाँ फिल्म बनाउन केही बर्ष लगाए । तर, अब भने अशोकले नयाँ फिल्मको तयारी थालेका छन् । 

अशोकले फिल्मको नाम तय नभइसकेको बताए । तर, फिल्मको निर्देशन भने आफै गर्ने उनको भनाई छ । यो फिल्ममा पनि स्क्रिप्ट डाक्टरको रुपमा परिचित मनोज पण्डितले काम गरिरहेका छन् । 

अशोकका अनुसार, यो फिल्मलाई वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । 

अशोक शर्मा लामो समयदेखि डीसीएनमा व्यस्त छन् । फिल्म ‘रातो टीका निधारमा’बाट उनले आफ्नो छोरालाई नायक समेत बनाएका थिए । तर, अब नयाँ फिल्ममा उनले छोरालाई नै नायकको रुपमा निरन्तरता दिन्छन् या अरु नै कलाकारसँग काम गर्छन्, खुलेको छैन ।