एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगीत, कम शो पाएको भन्दै आक्रोश

नयाँ नेपाली फिल्म ‘सलिना’को प्रदर्शन अन्तिम समयमा आएर स्थगीत गरिएको छ । नेपाली एनिमेटेड फिल्मको प्रदर्शन स्थगीत गर्नुको कारण, हलले दिएको शो हो । 

हलले निकै नै कम शो दिएको भन्दै मेकरले तत्काल फिल्म रिलिज नगर्ने निर्णय गरेका हुन् । फिल्मका वितरक मनोज राठीले पनि निर्माताले फिल्म नचलाउन भनेपछि आफूहरूले रोकेको बताए । 

नेपालकै पहिलो एनिमेटेड फिल्मलाई हले प्रोत्साहन नगरेको निर्माताको आरोप छ । प्रोत्साहन गर्नुको साटो कम शो दिएर हेपेको भन्दै निर्माणपक्षले फिल्म नचलाउने निर्णय गरेका हो । 

फिल्मको रिलिज स्थगीत गर्नुको पछाडि कम शो र एसईई परीक्षालाई पनि मुख्यकारण मानिएको छ । 

नयाँ नेपाली फिल्मको रिलिज स्थगीत भएपछि भोलि शुक्रबार कुनै पनि फ्रेस नेपाली फिल्म रिलिज हुने छैनन् । चैत्र ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले उच्च शो सहित दोस्रो सातामा पनि निरन्तरता पाएको छ ।