दया र आँचलको ‘डिग्री माइला’ ट्रेलरमा के छ ?

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ । 

शिवराम श्रेष्ठ र रिले एस सेनको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । 

यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, शेखर चापागाँई, हिउँवाला गौतम लगायतका कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस्को प्रस्तुतिमा सुष्मा प्रोडक्शनको सहकार्यमा निर्माण भएको यो फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङको लगानी छ । फिल्ममा कृष्ण लामा कार्यकारी निर्माताको रुपमा छन् । 

ट्रेलरमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई रोमान्टिक देखाइएको छ । साथमा, उनीहरुको प्रेम र नोकझोकलाई दर्शकले मन पराउन सक्छन् । ट्रेलरमा समावेश संवादमा भने दर्शकको ध्यान बढी जान सक्छ ।