‘महाजात्रा’को टिजरमा पैसाको खेल, हरिवंश र विपिनमा कसले गर्यो झेल ?

वर्षकै प्रतीक्षित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । 

यो फिल्मको टिजरमा पैसाको लोभमा फसेका ३ पात्रको कथा देखाइएको छ । मुख्य कलाकारहरू विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ टिजरको केन्द्रमा छन् । साथमा, यी तीन मुख्य पात्रसँग कलाकार हरिवंश आचार्यको लफडा पनि टिजरमा देखाइएको छ । 

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्ममा वर्षा राउत, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कोइराला, अर्विन खड्का लगायतका कलाकारको अभिनय छ । 

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म मित्र डी गुरुङको सम्पादन छ । यो फिल्मको टिजर रोचक छ । पैसाको चक्करमा रहेका तीन पात्रको खेलमा हरिवंशले गर्ने झेललाई पर्दामा उतारिएको छ ।

टिजरले फिल्मप्रतिको चासो बढाउने विश्वास निर्माणपक्षको छ । यसअघि रिलिजमा आएका ‘जात्रा र जात्रै जात्रा’ सुपरहिट भएपछि सोही कथालाई कनेक्शन गर्दै ‘महाजात्रा’ तयार पारिएको हो ।