‘हात्तीछाप’मा दीपकको सरप्राइज, ‘हात्तीछाप २’ निर्माणको घोषणा

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’मा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ । फिल्मको प्रिमियरपछि यसको रहस्य पनि खुलेको हो ।
निर्माणपक्षले फिल्मको प्रिमियर अगाडि दीपकको विषयमा केही पनि कुरा गरेको थिएन । तर, फिल्मको प्रिमियर भएपछि भने दीपकको भूमिकाको रहस्य पनि खुलेको हो ।
दीपकराजको सरप्राइज केमियोले प्रिमियरमा उपस्थिति अधिकांश फिल्मीकर्मी र पत्रकारलाई उत्साहित बनाएको थियो । दीपकको इन्ट्रीका लागि निर्माणपक्षले निकै मिहिनेत गरेको देखिन्छ ।
दीपकराजको केमियोसँगै फिल्म ‘हात्तीछाप २ः बोतल राजा’ निर्माणको समेत घोषणा गरिएको छ । यो फिल्ममा दीपकराजको पनि मुख्य भूमिका हुने अड्कल सहजै लगाउन सकिन्छ ।
‘हात्तीछाप २ः बोतल राजा’मा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा देखिने वुझिएको छ । दीपकराजको प्रवेशसँगै फिल्ममा अब ‘राजा र बोतल राजा’को कहानी प्रस्तुत गर्ने तयारी निर्माता नेपालीको छ ।
फिल्म ‘हात्तीछाप’ले मंगलबार आयोजित प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । फिल्मलाई देशभरका मल्टिप्लेक्सले पनि सुखद शोज दिएका छन् । जसकाकारण, फिल्मको व्यापार इनिसियल रुपमा पनि सुखद हुने विश्वास गर्न सकिन्छ ।

‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

‘सारंग’ मेरो करिअरको दोस्रो इनिङः ऋचा शर्मा

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर

प्रतिक्रिया