‘अगस्त्य’को हाइपः टिजरअघि औषत, टिजरपछि उच्च

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को टिजर सार्वजनिक भएपछि यसको हाइप उच्च बनेको छ । टिजरको मेकिङ, व्याकग्राउन्ड स्कोर, कलाकारको अभिनय र कथावस्तुको सारले दर्शकको मन छोएको छ । 

यो फिल्मको टिजर सार्वजनिक हुनु अगाडि यसको हाइप औसत थियो । फिल्मको पोस्टर सार्वजनिक भएपछि नायक सौगात मल्लको गेटअपको चर्चा खुबै भयो । तर, टिजर सार्वजनिक भएपछि भने फिल्मले बक्स अफिसमा धमकेदार व्यापार गर्ने आँकलन सुरु भएको छ । फिल्म क्षेत्रमा ‘अगस्त्य’ले नयाँ ट्रेन्ड बनाउने विश्लेषण समेत भइरहेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, नाजिर हुसेन लगायतका कलाकारको अभिनय छ । 

फिल्ममा सौगात मल्लको दुई वटा लुक्सले दर्शकको मन जितेको छ । अधिकांश दर्शकले लामो समयपछि नयाँ शैलीको नेपाली फिल्म बजारमा आउन लागेको भन्दै तारिफ गरेका छन् । 

योसँगै निर्माणपक्षलाई अब फिल्म पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती बढेको छ । निर्देशक चौधरी फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् ।