‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा नायिका पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । 

फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकहरुलाई उत्साहित बनाउने पक्का छ । 
रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ सह–निर्माता हुन् । 

यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ । 

नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् । 

सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरूले नयाँ तहमा तयार पारेको बताएका छन् । 

यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।