फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

‘होस्टेल रिटन्टर्स’बाट उदाएका नायक हुन् नाजिर हुसेन । नाजिरले यो फिल्ममा आफ्नो अभिनयको खुबी देखाएपछि उनलाई अफरको लाइन नै लाग्यो । उनले अफर आएका धेरै फिल्ममा काम गरे । तर, पछिल्लो केही समयदेखि फिल्मसँगै ब्रान्ड बजारमा नायक नाजिर पनि अगाडि छन् ।

नेपालको विज्ञापन बजार फस्टाउँदै गएपछि दर्शकले चिनेका सेलिब्रिटीहरुलाई जीवनयापनका लागि निकै सहज बनिरहँदा यसको प्रत्यक्ष फाइदा नाजिरले पनि लिइरहेका छन् ।

फिल्ममा अब्बल अभिनय गरेर राम्रो चर्चा पाइरहेका नाजिर ब्रान्ड बजारमा पनि रोजाइमा पर्ने गरेको पाइन्छ ।  नाजिरले पहिलो विज्ञापनबाटै पारिश्रमिकको रूपमा ८० हजार लिएको बताउँछन् । 

नाजिर विज्ञापनबाट राम्रो कमाई भइरहेको र कमाई सँगै एक्पोज हुने ठाउँ फराकिलो भएको बताउँछन् ।

उनी भन्छन्, 'हाल कलाकारको राम्रो कमाई भइरहेको छ । कमाइसँगै एक्पोज हुने ठाउँ फराकिलो छ । ब्रान्डले जनतामा पारेको छाप र ब्रान्ड इटसेल्फ अनि ब्रान्डको म्यानेजमेन्ट टिम र ब्रान्डलाई रोज्ने आधार पर्छ।'

अहिले कति लिइरहनुभएको छ ? भन्ने प्रश्नमा नाजिर भन्छन्, 'सबै विज्ञापनको लागी यति नै पारिश्रमिक लिन्छु भन्ने त पक्कै हुँदैन । मैले ब्रान्डलाई दिनु पर्ने समय र अग्रिमेन्टको समयावधिले पारिश्रमिक निर्धारण गर्छ ।'

साथै, सुरुवातमा विज्ञापन गर्दा देखिको अहिले सम्मको अनुभव बारे नाजिर रमाइलो र राम्रो रहेको बताउँछन् ।

नाजिरले केही टिभिसि विज्ञापनमा फोन पे, स्प्राइटफेएर ट्रेड ग्रुप नेपालहेर्यर कियरको गरेका छन् भने  यामाहा, क्लासिक टेक र लेभल जिन्सको ब्रान्ड एम्बेसडर भएर विज्ञापनमा काम गरेका छन् ।