ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

बलिउड नायक साहरूख खानको दोहोरो भूमिका रहेको फिल्म ‘जवान’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । यो फिल्मले विश्व बजारमा ९ सय करोड माथिको व्यापार गरिसकेको छ । केही दिनमै फिल्मले विश्व बजारमा १ हजार करोडको आँकडा पार गर्नेछ । फिल्मले भारतीय बक्स अफिसमा आज मात्र ५ सय करोडको व्यापार गरेको छ ।
यसैबिच, यो फिल्मलाई रिलिजको ८ सातापछि ओटिटीमा रिलिज गरिने भएको छ । एट्लीको निर्देशनमा बनेको फिल्मलाई ओटिटीमा रिलिज गर्दा यसको समय २० मिनेट बढाइनेछ । हलमा २ घन्टा ४९ मिनेट लामो यो फिल्म अब ओटिटीमा आउँदा करिब ३ घण्टाको हुनेछ । फिल्मका निर्देशक एट्लीका अनुसार केही एक्सनका दृश्यहरू ओटिटीमा बढाएर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यो फिल्मलाई नेटफ्लिक्सले खरिद गरेको हो । फिल्मलाई ओटीटीमा साढे २ सय करोडमा बिक्री गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
साहरूख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, संजय दत्त लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले तामिल भाषामा ५० करोडको व्यापार गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड
११ दिनमै ‘जवान’को कमाई ८ सय ५० करोड
४ दिनमै ५ सय करोड क्लबमा साहरुखको ‘जवान’

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया