नयाँ बर्षमा विपिन र दयाको भिडन्त पक्का

आउँदो वर्षको सुरुवातमा २ वटा फिल्म रिलिज पक्का भएको छ । योसँगै नेपाली फिल्म क्षेत्रका २ स्टार नायकहरूको बक्स अफिस भिडन्त पनि पक्का भएको हो । 

नयाँ बर्षको अवसर पारेर चैत्र ३० गते फिल्म ‘काजी’को प्रदर्शन पक्का गरिएको थियो । लक्ष्मण रिजालको निर्देशनमा रामप्रसाद रिजालको लगानी रहने यो फिल्ममा नायक विपिन कार्की शीर्ष भूमिकामा देखिदैछन् । फिल्ममा नायिका वर्षा सिवाकोटी पनि पक्का भैसकेकी छिन् । 

अब, रामबाबु गुरुङको निर्देशनमा तयार हुन लागेको फिल्म ‘डिग्री माइला’ पनि यही मितिमा रिलिज हुने भएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति सहित निर्माणको औपचारिक घोषणा गरिएको हो । 

नयाँ वर्षमा २ वटा फिल्म आउने पक्का भएसँगै दया र विपिनको फाइनल पक्का भएको हो । फिल्म ‘काजी’का निर्माता रामप्रसाद रिजालले नयाँ वर्षमा २ वटा फिल्म रिलिज हुँदा कुनै लाई पनि असर नपर्ने बताएका छन् ।