‘काजी’ बन्दै विपिन कार्की


एकपछि अर्को फिल्म धमाधम साइन गरिरहेका नायक विपिन कार्कीले फेरि अर्को नयाँ फिल्म साइन गरेका छन् । विपिन कार्कीले बेलायतमा छायांकन हुने फिल्म ‘काजी’ साइन गरेका छन् । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्दैछन् । 

भदौ १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘गणपति’का निर्माता समेत रहेका रामप्रसादले यो फिल्म रिलिज भएपछि ‘काजी’को काम सुरु गर्नेछन् । 

यो फिल्ममा नायिका वर्षा सिवाकोटी पनि फाइनल भैसकेकी छिन् । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । फिल्म ‘कायरा’पछि लक्ष्मणले यो फिल्म निर्देशन गर्न लागेका हुन् । रिजाल एण्ड रिजाल ब्रदर्शको ब्यानरमा यो फिल्म बन्न लागेको हो । फिल्मका क्रियटिभ हेड रोनाल्ड श्रेष्ठ हुन् । 

फिल्म ‘काजी’ले बेलायतको पृष्ठभूमीलाई राखेर कथा भन्नेछ । विपिनले शिर्ष भूमिकामा काम गरेको यो पहिलो फिल्म भने होइन । उनले ‘हरि, पशुपति प्रसाद २ः भष्मे डन’ लगायतका फिल्ममा शिर्ष भूमिकामा काम गरिसकेका छन् ।