‘प्रसाद २’ हेरेपछि रेखाले भनिन्–‘म सुदर्शन थापाको सधै फ्यान हुँ’


कमै मात्र फिल्मको प्रिमियरमा पुग्ने नायिका रेखा थापा आज आयोजना भएको फिल्म ‘प्रसाद २’को प्रिमियरमा पुगिन् । 

फिल्मको प्रिमियरमा पुगेकी नायिका रेखा थापाले निर्देशक सुदर्शन थापाको खुलेरै तारिफ गरिन् । रेखाले भनिन्–‘म त निर्देशक सुदर्शन थापाको कामको सधैं नै फ्यान हुँ । प्रसाद २ हेरेपछि त अझै फ्यान भएँ । यो फिल्म हरेक कोणबाट उत्कृष्ट छ । 

रेखाले फिल्मले समाजको कथा भनेको बताइन् । यस्ता कथाहरू भन्न आवश्यक रहेको भन्दै रेखाले सुदर्शनले उत्कृष्ट तरिकाले सामाजिक यथार्थता देखाउन सफल भएको तर्क गरिन् । 

उनले, सुदर्शनसँग काम गर्ने आफ्नो इच्छा बारम्बार असफल भएको भन्दै चाँडै नै काम गर्ने तर्फ संकेत समेत गरिन् । उनले भनिन्–‘रुद्रप्रियामा पनि सँग काम गर्ने योजना थियो । पछि, के के भएर मिलेन । सुदर्शनसँग काम गर्ने मेरो इच्छा छ । चाँडै नै पुरा हुन्छ भन्ने आशा छ ।’