रेखा र पूजासँगै छविको फिल्ममा आँचलको इन्ट्री


नायिकाद्धय पूजा शर्मा र आँचल शर्माले एकसाथ फिल्ममा काम गर्ने भएका छन् । निर्माता छविराज ओझाको निर्माणमा बन्न लागेको फिल्ममा आँचलको पनि प्रवेश भएको छ । आज बिहान मात्रै मेरो फिल्मले फिल्ममा रेखा र पूजाले काम गर्ने  पक्का भएको खबर सार्वजनिक गरेको थियो । 

अब, फिल्ममा रेखा र पूजापछि आँचलको पनि प्रवेश भएको निर्देशक देउजाले पुष्टी गरे । योसँगै नेपाली फिल्म क्षेत्रमा केही समयदेखि पूजा र आँचलबिच चलिरहेको शितयुद्ध पनि सकिने पक्का छ । 

फिल्म क्षेत्रमा पूजा र आँचललाई एक अर्काको दुश्मन नायिका मानिन्छ । तर, एकसाथ फिल्ममा जोडिन दुबै जना सहमत भएपछि यी दुइको दुश्मनीले पनि बिट मार्ने पक्का भएको छ । यो फिल्म क्षेत्रकै लागि सुखद कुरा पनि हो । 

फिल्मको छायांकन चैत्रको तेश्रो साताबाट सुरु हुनेछ । तिन चर्चित नायिका एउटै पर्दामा देखिदा दर्शकका लागि पनि यो फिल्म विशेष हुने पक्का छ ।