कस्तो छ ‘फूलबारी’को बुकिङ ?

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’ भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । ‘कबड्डी’ फेम्ड निर्देशक भएकाले पनि यो फिल्मलाई लिएर दर्शकमाझ उत्साह रहेको विश्लेषण भएको थियो । 

तर, फिल्मको बुकिङलाई हेर्ने हो भने यसको कमजोर छ । नेपाली फिल्मको बुकिङ कम, सिधै टिकट विक्री बढी हुने गरेको देखिएको छ । तर, केही फिल्मको बुकिङ भने आक्रामक भएको पाइन्छ । 

रामबाबुको यो फिल्मको बुकिङ आइतबारदेखि सुरु गरिएको हो । बिहिबारसम्म आइपुग्दा देशका सबैजसो मल्टिप्लेक्समा यसको बुकिङ निक्कै कमजोर छ । 
यसैले, अब फिल्मको टिकट ‘डोर सेल’मा नै बढी भर पर्नु पर्ने देखिन्छ । दर्शक र समीक्षकको वर्ड अफ माउथ बलियो आएको खण्डमा फिल्मले गज्जबको व्यापार गर्ने निश्चित छ । 

फिल्ममा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के लगायतका कलाकारको अभिनय छ ।