धिरजको ‘आई एम ट्वान्टी वान’को अघि थपियो ज्याकी


नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘आई एम ट्वान्टी वान’को अगाडि ज्याकी थपिएको छ । फिल्मका मुख्य पात्रको नामलाई समेत यसको शिर्षकमा समावेश गरिएको छ । अब, फिल्मको नाम ‘ज्याकीः आई एम ट्वान्टी वान’ भएको छ । 

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति भने औपचारिक रुपमा घोषणा गरिएको छैन । तर, यो फिल्म वैशाखको २१ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । 

फिल्मलाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् । 

यो फिल्ममा धिरजलाई डान्सिङ रियालिटी शोमा भाग लिएको एक यूवाको भूमिकामा देखाइएको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत छ ।