तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई


नायक पल शाहलाई जिल्ला अदालत तनहुँले बलात्कारको मुद्दामा सफाई दिएको छ । 

मंगलबार जिल्ला न्यायधिश कमलप्रसाद आचार्यको इजालासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको हो ।  पल शाहले अब जिल्ला अदालत नवलपुरको मुद्दामा मात्र लड्नुपर्नेछ ।

जिल्ला अदालत नवलपुरले भने पललाई बलात्कारको मुद्दामा सफाई दिएपनि बाल यौन दुरुपयोग आरोपमा २ बर्ष ६ महिना जेल सजायँ र पिडितलाई १० लाख रुपैयाँ क्षतीपूर्ती दिनुपर्ने फैसला सुनाएको थियो ।