नायिका पूजा शर्मा नयाँ प्रेमी सार्वजनिक गरेर फेरी चर्चामा

नायिका पूजा शर्मा भनने वितिकै अक्सर चर्चामा रहने नाम हो । आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् ।

आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पूजा नयाँ प्रेमी सार्वजनिक गरेर फेरी चर्चामा छिन् ।

कुनै समय पूजाको नाम नायक आकाश श्रेष्ठ, निर्माता तथा निर्देशक सुर्दशन थापासँग पटक पटक जोडियो ।  यस अघि आकाश श्रेष्ठसँग नजिक थिइन् पुजा । निकै चर्चित जोडीका रुपमा रहेका उनीहरु आजकाल एक–अर्कासँग तर्किएर हिँड्छन् । निर्देशक सुदर्शनले भने हालै अर्की युवतीसँग विवाह गरेका छन् । पूजाले आँफु प्रेममा रहेको तर  सुर्दशन र आकाशलाई साथी मात्रै रहेको बताउने गरेकी थिइन् ।

पूजाको हालै प्रेममा रहेको रहस्य खोलीन् पुगेको छ । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको खुलासा गरेकी हुन् । प्रेममा रहेका उनीहरु अब भने विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।

पूजाले केही समयअघि अभिनेत्री प्रियंका कार्कीको कार्यक्रम ‘चपचप डायरिज’ मा पनि आफू उद्योग बाहिरको युवकसँग प्रेममा रहेको र छिट्टै बिहेसमेत गर्ने बताएकी थिइन् ।

युद्ध र पूजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।

अब भने यि दुई केही खुल्न थालेका छन् । शनिबार पुजा चितवनका दर्शकहरु माझ आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनका लागि पुग्दा उनका प्रेमी भनिएका युद्ध पनि सँगै थिए ।

हेटौंडा निवासी युद्ध फिटनेसमा रुची राख्छन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ युद्धको । उनी यदाकदा मोडलिङमा पनि देखिने गरेका थिए ।

पूजा यतिबेला भने पल शाह प्रकरणलाई लिएर चर्को विवादमा मुछिएकी छन् । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेकी छिन् ।

थुनामा नजाउन्जेल पल शाह, आज आफै ‘बादशाह’

अड्कलबाजी भन्दा पनि प्रेमबाज देखियो नि पूजा !