‘चिसो एष्ट्रे’ मेरो लक्की चार्म’

भुपि शेरचनको कविता माथि बनेको नेपाली फिल्म ‘चिसो एष्ट्रे’ चैत ४ बाट प्रदर्शनमा आउने भएको छ।

आइतबार काठमाडौंमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै फिल्मको टिमले चैत ४ गतेबाट प्रदर्शनीमा आउने जानकारी दिएका हुन्।

फिल्मको मुख्य भूमिकामा रहेका अभिनेता दिव्य देवले भने ‘चिसो एष्ट्रे’को यात्रा सुन्दर रहेको बताउएका छन् । ‘चिसो एष्ट्रे’ मेरो लक्की चार्म हो, उनले भने, ‘यो फिल्मले भौतारिएको मलाई एक सुन्दर नयाँ दिशा देखाएको छ ।’

दिव्य देवले अघि थपे, ‘भाइब्रेन्ट रहेको र व्यवसायिक फिल्ममा जस्तो लाइट, एक्सन, नाचगान सबै रहेकोले यो कुनै एक प्रकारका दर्शकको लागि नभएको जिकिर गरे। उनले यो धेरै दर्शकलाई मनपर्ने विश्वास पुमेत व्यक्त गरे।’

रुदानेको अफर पनि यही फिल्मपछि पाएको हुँ,’ उनले भने, ‘सकेसम्म अभिनयमा जटिलता नभई सहजता दिने प्रयास गरेको छु ।’

रंगमञ्चको पृष्ठभूमिबाट आएका कलाकारमा अभिनयलाई जटिलताबाट सरलतातर्फ अघि बढ्न समय लागेको भन्दै उनले यसबाट मुक्त हुन आफूले प्रयास गरेको बताए ।

फिल्ममा दिव्य देवका साथै सृष्टी श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।