‘जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाँए’

फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रचारप्रसारका लागि आज सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम राखिएको थियो।

भूपि शेरचनको कविताबाट प्रभावित फिल्म ‘चिसो एस्ट्रे’ मा सृष्टि  श्रेष्ठ सालिनाको भूमिकामा देखिँदै छिन् ।

अभिनेत्री श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताएकी छन् । फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाँए’, श्रेष्ठले भनिन्, ‘यतिको मिहिनेत र डेडिकेशन भएर काम गर्ने यो पहिलो टिम हो ।’ उनले अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्नेसमेत बताइन ।

‘यो फिल्मबाट अभिनयका धेरै कुरा सिक्न पाएको छु । त्यो आगामी दिनमा पनि काम लाग्छ’ श्रेष्ठले थपिन्, ‘फिल्म त पहिले पनि अभिनय गरेको थिए । यतिको मिहिनेत र डेडिकेट भएर काम गर्ने टिम भने पहिलो हो ।’ अबका दिनमा फिल्म अभिनयका लागि सबैले निकै मिहिनेत र डेलिकेट हुनुपर्ने बताएकी श्रेष्ठले फिल्म अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्ने बताएकी छिन् । श्रेष्ठलाई यो फिल्ममा एक सालिन भूमिकामा देख्न सकिनेछ ।

कार्यक्रममा अभिनेत्री श्रेष्ठले ‘चिसो एस्ट्रे’ ले व्यवसाय गर्छ गर्दैन अहिले नै भन्न नसक्ने बताउँदै फिल्म भने राम्रो र फरक बनेको दाबी गरेकी छन्।

फिल्ममा सृष्टी श्रेष्ठका साथै दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।